Mon Jul 4 2022
खेलकुद

आईपीएल टी–ट्वान्टी क्रिकेट आजदेखि सुरु हुँदै

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेट आजदेखि सुरु हुँदैछ ।

वान्खडे मैदानमा आज हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछ । कोलकत्ताका कप्तान श्रेयस ऐर र चेन्नईका रविन्द्र जडेजा रहेका छन् ।

यी दुई टोली पछिल्लो पटक फाइनल खेलेका थिए । चेन्नईले उपाधि जितेको थियो । आईपीएलमा यसपालि थपिएका दुई टोलीसहित १० टिम सहभागी छन् ।