जोडिनुहोस
  • होमपेज
  • नेपालमा मासिक २ अर्ब रुपैयाँको ब्याण्डविथ प्रयोग, ७० प्रतिशत टिकटकमै

नेपालमा मासिक २ अर्ब रुपैयाँको ब्याण्डविथ प्रयोग, ७० प्रतिशत टिकटकमै

काठमाडौं । नेपालमा मासिक २ अर्ब रुपैयाँको ब्याण्डविथ प्रयोग हुने गरेकोमा ७० प्रतिशत टिकटकमैँ प्रयोग हुने गरेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले विदेशबाट ब्याण्डविथ आयात गरेर नेपाल ल्याउने गरेका छन् ।

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार नेपालमा मासिक २ अर्बको ब्याण्डविथ आयात हुने र त्यसको करिब ७० प्रतिशत टिकटकमा मात्रै प्रयोग हुने गरेको छ ।

प्रतिमहिना नेपालमा २ अर्ब रुपैयाँ बराबरको ब्याण्डविथ टिकटकमा नै प्रयोग हुँदै आएको छ । करिब १ अर्ब ४० करोडको ब्याण्डविथ टिकटकमा मात्रै प्रयोग हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका