जोडिनुहोस
  • होमपेज
  • दुर्घटना बढेको भन्दै पाकिस्तानमा कम उमेरका चालक पक्राउ गर्न सुरु

दुर्घटना बढेको भन्दै पाकिस्तानमा कम उमेरका चालक पक्राउ गर्न सुरु

लाहोर— पाकिस्तानमा कम उमेरका चालकका कारण दुर्घटना भएको भन्दै कम उमेरका चालकलाई पक्राउ गर्न सुरु गरिएको छ ।

लाहोर ट्राफिक पुलिसले नोभेम्बर १५ र १६ तारिखमा कम्तिमा २४८ जना कम नाबालिग चालकलाई पक्राउ गरेको छ ।

कम उमेरका चालकले पछिल्लो एक दुर्घटनामा दुई शिशु र दुई महिला सहित परिवारका ६ सदस्यको मृत्यु भएपछि प्रहरीले कारबाही सुरु गरेको एआरवाई न्यूजले उल्लेख गरेको छ।

लाहोरका मुख्य ट्राफिक अफिसर (सीटीओ) ले जिल्ला भित्रका सबै सर्कल र सेक्टर इन्चार्जहरूलाई सडक प्रयोगकर्ताहरूलाई सुरक्षित राख्न नाबालिग चालकहरू विरुद्ध कठोर कदमहरू लागू गर्न निर्देशन दिएको छ।

नाबालिग चालकहरूले चलाउने सवारीसाधन र मोटरसाइकलहरूलाई टिकट जारीसँगै प्रहरी स्टेशन र सेक्टरहरूमा जफत गर्न निर्देशन दिएको एआरवाई न्यूजले उल्लेख गरेको छ ।

ट्राफिक प्रहरीले आफ्ना नाबालक बालबालिकालाई सवारी साधन चलाउन नदिन अभिभावकलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका