Tue May 17 2022
समाचार

सिटामोलको डोज बढाउने निर्णय फिर्ता लिन माग

प्रचलित ५०० एमजीको साटो ६५० एमजीको सिटामोल उत्पादन गर्न दिने सरकारी निर्णयको विरोध भएको छ । नेपाल फर्मास्युटिकल एसोसिएसन, उपभोक्ता हित संरक्षण मञ्च र नेपाल फार्मेसी संघले सिटामोलको मूल्यवृद्धि गर्ने बहानामा क्लिनिकल परीक्षणबिना दिइएको उत्पादन अनुमति फिर्ता लिन माग गरेका छन् ।

६५० एमजीको सिटामोल उत्पादनको निर्णय रोक्न माग गर्दै मञ्च र संघले राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गराएका छन् । यसअघि औषधि व्यवस्था विभाग आफैंले ६५० एमजीको औषधि उत्पादन तथा बिक्री अनुमति नदिने निर्णय गरेको रअनुसन्धान तथा क्लिनिकल ट्रायलसमेत नभएकाले औषधि सल्लाहकार समिति बैठकको निर्णय रोक्न उनीहरूले माग गरेका छन् ।