Sun Nov 27 2022
मुख्य खबर

झापामा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ – झापाको बुद्धशान्ति गाउँपालिका–१ पुलचोकमा सोमबार साँझ ट्रकमा ठोक्किएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–४ का २५ वर्षीय अन्जन फागो रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा गए राति सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ पौने ६ बजे फागोले चलाएको नम्बर नखुलेको मोटरसाइकल ना ३ ख ५४ ६२ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटना पश्चात ट्रक चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुधबारेले जानकारी दिएको छ ।