Sat Jun 25 2022
खेलकुद

नेपालको वरीयता खस्कियो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल दुई स्थान तल झरेको छ ।

आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालले १८ औं स्थानमा झरेको छ । यस अघि नेपाल १६ औं स्थान रहेको थियो ।

नेपालले हालै पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय सिरिज गुमाएको थियो । टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ ।

टी(ट्वान्टीमा नेपाल १३ औं स्थानमा रहेको छ ।