जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईँ समुहको विरोध प्रदर्शन तिनकुनेमा नहुने, स्थान परिवर्तन गरियो

दुर्गा प्रसाईँ समुहको विरोध प्रदर्शन तिनकुनेमा नहुने, स्थान परिवर्तन गरियो

काठमाडौँको तिनकुने क्षेत्रमा विरोध प्रदर्शन नहुने भएको छ । काठमाडौ जिल्ला प्रशासनले तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभाब पर्ने भएका कारण त्यस क्षेत्रमा विरोध प्रदर्शन गर्न नदिने छलफल गरेको हो ।

राष्ट्र,राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउँ महाअभियानका सह(प्रवक्ता) राजाननद माण्डव्यका अनुसार तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा सुरक्षा दिन असहज हुने हुदाँ अन्य स्थानमा कार्यक्रम गर्न काठमाडौ जिल्ला सुरक्षा निकाय संग शुक्रबार साझ छलफल भएको आधिकारीक सुचना फेसबुक मार्फत जानकारी दिएका छन् । उक्त छलफल पश्चात् काठमाडौ गौशाला स्थित जय बागेश्वरी पछाडीको चौरमा आमसभा गर्न सहमति जनाईएको हो ।

उनले फेसबुकमा यस्तो लेखेका छन्, ‘आन्दोलन शान्तिपूर्ण तवरले गर्ने, आफ्ना माग र उदेश्य जनता माझ स्पष्ट पार्ने र कुनै हातहतियार र हिंसात्मक आन्दोलन नगर्ने सहमती गरिएको छ। आदरणीय सम्पूर्ण अभियान्ता, संघसंस्था र सहयोगी दाजुभाई, दिदिबहिनी, आमाबुबा लगायतलाई एसै सुचना मार्फत आफुहरु कार्यक्रममा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु,’।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका