Sat May 21 2022
मुख्य खबर

थप २३ जनामा कोरोना संक्रमण, ६६ जना निको

नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार ५ हजार ८४७ जनाको पीसीआर र १ हजार ६२ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। त्यस्तै सोहि अवधिमा कोरोनाबाट ६६ जना निको भएका छन्।

हाल देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन्।