जोडिनुहोस
  • होमपेज
  • केपी ओली कप टी–२० क्रिकेटमा कर्णालीको पहिलो जित

केपी ओली कप टी–२० क्रिकेटमा कर्णालीको पहिलो जित

केपी ओली कप टी–२० क्रिकेटमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ । आजको पहिलो खेलमा कर्णाली प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई ४ विकेटले हरायो ।

टस जितेर पहिला ब्याटिङ गरेको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । जितका लागि १ सय १० रनको लक्ष्य पछ्याएको कर्णालीले १८ ओभर एक बलमा ६ विकेट गुमाउँदै भेट्टायो । हिजो भएको खेलमा बाग्मतीले कर्णालीलाई ९० रनले र अस्ति भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई १ सय ९ रनले हराएको थियो । बाग्मती समूह ‘ए’ का दुवै खेल जित्दै सेमिफाइनलमा पुगिसकेको छ।

त्यस्तै, आज हुने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच दिउँसो एक बजे खेल हुनेछ । हिजो भएको खेलमा एपीएफलाई हराउँदै गण्डकीले विजयी शुरुवात गरेको छ । केपी ओली कप पोखरा रङ्गशालामा भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका