जोडिनुहोस
  • होमपेज
  • मौसमः चिसो बढ्यो, हिमाली भूभागमा हिमपात हुने

मौसमः चिसो बढ्यो, हिमाली भूभागमा हिमपात हुने

काठमाडौँ।जल तथा मौसम विज्ञान विभागले हाल मुलुकमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसका कारण चिसो महसुस गरिएको छ ।

विभागका अनुसार अहिले मधेस, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहेको छ ।

आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

वाग्मती, मधेस, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, राति कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३६ मिनेट तथा सूर्यास्त ५ बजेर ८ मिनेटमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका