Wed May 18 2022
देश

एमाले अध्यक्ष ओलीको दौडधुप, आजै चार कार्यक्रममा सहभागी हुने

काठमाडौँ । स्थानीय तहको चुनाव नजिकिएसंगै नेताहरुको दौडधुप पनि बढिरहेको छ । चुनावमा जनतालाई आफ्नै पक्षमा पार्नका लागि प्रमूख दलका नेताहरु देश दौडाहा लागिरहेका छन् ।

आजमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चार ओटा कार्यक्रममा सहभागि हुने भएका छन् । उनले लोकतान्त्रिक अपाङ्ग संघको राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दैछन् ।

बिहान ९ बजे संघको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । यसपछि अध्यक्ष ओलीले विभिन्न पार्टीबाट आएका नेताहरूलाई पार्टीमा प्रवेश गराउने छन् ।

काठमाडौँ उपत्यकामा हुने यी दुई कार्यक्रमपछि भने अध्यक्ष ओली आजै पर्वत र बाग्लुङ जानेछन् । जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन उनले सम्बोधन गर्नेछन् ।