Mon May 23 2022
खेलकुद

फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दै

काठमाडौँ– एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले पहिलो खेलमा बलियो टोली उज्वेकिस्तानको सामना गर्नेछ । खेल नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ । छनोटमा नेपाल ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा रहेको छ ।

त्यसैले छनोटको पहिलो खेलमा नेपाल जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले युवा र अनुभवीसहितको मिश्रित टोलीबाट जित निकाल्नेमा आफु आशावादी रहेको बताए । प्रशिक्षक बस्नेतले उज्वेकिस्तानविरुद्धको अघिल्ला भेटमा नतिजा राम्रो नभएपनि यस पटक भने सुलाई बराबरीमा रोक्ने लक्ष्य रहेको बताए ।

छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ’बी’ मा रहेको नेपालले दोस्रो खेलमा चैत २८ गते ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ ।