Mon Jul 4 2022
अन्तर्राष्ट्रिय

१८ वर्षकी युवतीसंग यौन सम्वन्ध राखेको आरोपमा नर्वेका रक्षामन्त्री पदमुक्त

एजेन्सी – नर्वेका रक्षामन्त्री ओड रोजर एनोक्सेनले १८ वर्षकी महिलासँग आफ्नो वर्षौंदेखिको यौन सम्बन्ध रहेको खुलेपछि राजीनामा दिएका छन । रक्षा मन्त्री एनोक्सेनले सन् २००५ देखि नै युवतीसंग सम्वन्ध राखेका थिए।

त्यतिवेला युवतकीको उमेर १८ वर्ष थियो भने उनको उमेर ५० बर्ष पुगिसकेको थियो । युवती अहिले ३० वर्षकी भएकी छिन। नर्वेको राजधानी ओस्लोस्थित संसदमा एक दिने शैक्षिक भ्रमणमा गएको समय उनीहरूबीच पहिलो भेट भएको थियो ।

यसपछि नै एनोक्सले युवतीसंग यौन सम्वन्ध राखेका थिए। हाल वयस्क भएकी महिलाले राजनीतिमा लाग्नको लागि एनोक्सलाइ प्रयोग गरेको खुलासा गरेकी छिन।

उनले एनोक्सेन ऊर्जा मन्त्री हुँदा सन् २००६ देखि २००७ को अन्तमा एनोक्सेनको कार्यालयमा कम्तीमा १२ पटक भेट भएको र भेटमा उनीहरूले ‘यौनजन्य क्रियाकलाप’ समेत गरेका थिए ।