Thu May 26 2022
Breaking News

अर्थतन्त्रमा देखिएको समस्या छिट्टै समाधान गर्नुपर्छ: सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले अर्थतन्त्रमा देखिएको समस्या छिट्टै समाधान गर्नु पर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७१ औ वार्षिकोत्सवमा बोल्दै सापकोटाले अर्थतन्त्रको समस्या छिट्टै समाधान गर्नु पर्ने बताएका हुन्।

हालको आर्थिक समस्यालाई समाधान गर्न स्वदेशी उत्पादन बढाउनु पर्ने र आयात घटाएर निर्यात बढाउनुपर्ने उनको भनाई छ ।

यस्तै कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हाल देशको अर्थतन्त्र संकटग्रस्त रहेको बताए । उनले सेयर बजारको उतारचढाव एवं व्यवसायिक क्षेत्रमा समेत कोरोना महामारी र त्यसपछि रुस युक्रेन युद्धको प्रभाव परेर थलिएको बताए ।

उनले नेपालको सम्पुर्ण निर्यातले पेट्रोलियम पदार्थ आयात गर्न समेत नपुग्ने भन्दै अब नेपालको आयात घटाएर निर्यात बढाउनुपर्नेमा जोड दिए ।