Mon May 16 2022
मुख्य खबर

देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लाग्यो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको बताउनुभएको छ ।

अध्यक्ष ओलीले देशको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्न लागेको भन्दै केही समयपछि कर्मचारीले तलव पाएनन् र जेष्ठ नागरिकहरुले भत्ता नपाएमा अनौठो मान्नुपर्ने अवस्था नभएको टिप्पणी गर्नुभयो ।

उहाँले देशको अवस्था यस्तो हुँदापनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बर्बाद बनाउदै लगेको बताउनुभयो । उहाँले देश असफल राष्ट्रतिर जाने अवस्था आउन लागेको बताउनु भयो ।
उहाँले वर्तमान गठबन्धन सरकारले अर्थतन्त्र ध्यस्त बनाएको भन्दै मतदाताले आगामी निर्वाचनबाट एमालेलाई पहिलो दल बनाउने दावी गर्नुभयो ।