जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईमा भएको विश्व जलवायु शिखर सम्मेलन (कोप– २८) मा सहभागी भएर आज स्वदेश फकिँदै छन् ।

प्रधानमन्त्री दाहाल फ्लाइ दुबईको विमानमार्फत आज साँझ ६ बजे काठमाडौँ आइपुग्ने तालिका रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनी सम्मेलनमा सहभागी हुन यही मंसिर १३ गते यूएई गएका थिए ।

प्रधानमन्त्री दाहालले कोप– २८ सम्मेलनलाई हिजो सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनको असरमा नेपालको शून्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको धारणा राखेका थिए ।

उनले बढ्दो तापमानका कारण हिमताल फुट्ने खतरा रहेकाले नेपालले जलवायु परिवर्तनमा भोगिरहेको समस्याबारे विश्वसमुदायको ध्यानाकर्षण गराएका थिए ।

यस्तै, उनले जलवायु परिवर्तनको संकट सम्बोधन गर्न विकसित मुलुकहरूले कम विकसित मुलुकलाई अनुदान दिनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि साँझ साढे ६ बजे कोप सम्मेलनको उपलब्धीबारे पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका