Fri May 20 2022
मुख्य खबर

अर्थतन्त्र डामाडोल बनाउने संकट सरकारले नै निम्त्यायो: लिङ्गदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले शासन सत्ता बदलिएपनि जनताका अवस्था नबदिलिएको बताउनु भएको छ ।
बिराटनगर विमानस्थलमा पत्रकारहरुसँगको भेटका क्रममा अध्यक्ष लिङ्देनले सरकारमा रहेका दलहरुले संघीयताका नाममा जनतामा भ्रम छर्दै देशलाई श्रीलंकाकै जस्तो अवस्थामा पु¥याएको आरोप लगाउनु भएको हो ।

अध्यक्ष लिङ्देनले एमसीसी पारित गर्न एकतर्फी ब्याख्यात्मक टिप्पणीबाट हुने भए १९५० को असमान सन्धिको पनि ब्याख्यात्मक टिप्पणी गर्ने हिम्मत देखाउन ठुला दलका नेताहरुलाई चुनौती दिनु भयो । देशमा राष्ट्रवादी नेता तथा पार्टी अन्य कुनै नभएको बताउदै राष्ट्रिय प्रजातन्त्र पार्टी एकमात्र राष्ट्रको हितमा लाग्ने पार्टी भएको दाबी गर्नुभयो ।

अर्थतन्त्र डमाडोल हुन लागि सकेको बताउदै उहाँले सो संकट सरकारले नै निम्त्याएको बताउदै यसको दोषी सरकार नै भएको बताउनुभयो ।

उहाँले राजाले प्रत्यक्ष रुपमा १८ महिना शासनसत्ता चलाएपछि यिनै ठुला राजनीतिक दलहरुले चर्को विरोध गरेसंगै जनताको नासो जनतालाई राजाले सुम्पिएपनि राजनीतिक दलहरुका मुठ्ठी भरका नेताहरुले देशलाई तहस नहस पारेको आरोप लगाउनु भयो ।