Wed Aug 17 2022
देश

कुहिने र नकुहिने फोहर छुट्याउन महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहर छुट्याउन नगरवासीलाई आग्रह गरेको छ ।

फोहर पृथकीकरणबारे सूचना निकालेर महानगरले जैविक र अजैविक फोहर छुट्याउन नगरवासीलाई अनुरोध गरेको हो । महानगरको वातावरण तथा कृषि विभागका अनुसार कुहिने फोहर र नकुहिने फोहर छुट्टाछुट्टै सङ्कलन हुनेछ ।

फोहरमैला व्यवस्थापन ऐन–२०६८ अनुसार स्रोतमा नै फोहरको पृथकीकरण गर्न लागिएको हो । कुहिने फोहर सङ्कलन गर्न आउने दिन कुहिने र नकुहिने फोहर सङ्कलन गर्न आउने दिन नकुहिने फोहर उठाउने पनि महानगरले जनाएको छ ।