Tue May 17 2022
मुख्य खबर

कांग्रेसले उत्कृष्ट चुनावी गीतलाई दुई लाख ७५ हजार पुरस्कार दिने

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको पक्षमा चुनावी गीत (अडियोरभिडियो) निर्माण गरी प्रचारप्रसार भइरहेका मध्येबाट उत्कृष्टलाई दुई लाख ७५ हजार राशिबाट पुरस्कृत गर्ने भएको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महत संयोजक रहेको स्थानीय तह निर्वाचन केन्दीय प्रचार–प्रसार समितिअन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले दर्शक, श्रोता तथा छनोट समितिको निर्णयबमोजिम यो पुरस्कार प्रदान गर्ने जनाएको हो ।

उपसमिति संयोजक डीबी गुरुङले कांग्रेसको पक्षमा चुनावी गीतहरू ९अडियोरभिडियो० निर्माण गरी प्रचार–प्रसार भइरहेका गीत फेसबुक म्यासेन्जरमा लिंक गरी पठाउन कलाकारलाई आग्रह गरेका छन् ।