जोडिनुहोस
  • होमपेज
  • सुख्खा बन्दरगाह भन्सारका शंकास्पद ३९१ कन्टेनरको भौतिक परीक्षण गरिने

सुख्खा बन्दरगाह भन्सारका शंकास्पद ३९१ कन्टेनरको भौतिक परीक्षण गरिने

वीरगञ्ज सुख्खा बन्दरगाह भन्सारमा अवैध रुपमा आएर बसेका ३९१ कन्टेनरको भौतिक परीक्षण हुने भएको छ । विभिन्न समयमा भन्सार क्षेत्रमा भित्रिएका तर कन्टेनरको भन्सार जाँचपास गर्न नआएका कन्टेनरमा शंकास्पद वस्तुहरु आयात भएको आशंकामा भौतिक परीक्षण गर्न लागिएको हो ।

वीरगञ्ज सुख्खा बन्दरगाहका प्रमुख भन्सार प्रशासक डा रामप्रसाद मैनालीले भन्सार जाँचपासका लागि दिइएको समयमा व्यवसायीहरु आंशिक मात्रै आएको बताए । मंसिर १० गते एक सूचना निकालेर भन्सार कार्यालयले विभिन्न अवस्थामा नेपाल भित्रिएको कन्टेनरको जाँचपास गराउन आह्वान गरेको थियो ।

प्रारम्भिक रिपोर्टमा ड्रेडिङ कम्पनीले आयात गर्न नपाउने वस्तुहरु, नेपालमा आयातमा प्रतिबन्ध लागेका वस्तुहरु लगायतको आयात भएका सूचनापछि वस्तुको भौतिक जाँच गर्न लागिएको भन्सार कार्यालयले जनाएको छ । ‘तोकिएको समयमा निम्न मात्रै जाँचपासका लागि सम्पर्कमा आएका छन्,’ मैनालीले भने, ‘अब ती कन्टेनरको मुचुल्का साक्षी बसाएर भौतिक परीक्षण गर्नुपर्ने देखिएको छ ।’

कन्टेनरमा मदिरा, केराउ, सवारी साधनका पार्टपूर्जा लगायत वस्तुहरु रहेको भनी घोषणा भएको देखिएको छ । तर केही वस्तुहरुको परिमाण र आयात नेपालमा निषेधित वस्तु भएका कारण झनै शंका उब्जिएको विभागले जनाएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका