जोडिनुहोस
  • होमपेज
  • नागढुंगाबाट दुई किलो सुनसहित ३ जना पक्राउ

नागढुंगाबाट दुई किलो सुनसहित ३ जना पक्राउ

नागढुंगाबाट प्रहरीले २ केजी सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंबाट खटिएको टोलीले नागढुंगाबाट दुई किलो सुन बरामदसहित ३ जनालाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च २६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका