Thu May 19 2022
मुख्य खबर

धादिङमा माइक्रोबस दुर्घटना हुँदा १७ घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

आइतबार बिहान पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ख २७०४ नम्बरको माइक्रो बस ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा८च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना ८ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा माइक्रोमा सवार १७ जना घाइते भएका हुन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते तीन जना र अन्य पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ। घाइते तीन जनाको गजुरी अस्पताल र बाँकी ६ जनाको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेनिघाटले जानकारी दिएको छ ।