Sat May 21 2022
मुख्य खबर

२६ वर्षपछि आयोजना सञ्चालनमा

धनुषाको बटेश्वर गाउँपालिका–२, भुइँचक्रपुरमा निर्माण भएको २६ वर्षपछि सिँचाइ आयोजना सञ्चालनमा आएको छ ।

यो सिँचाइ आयोजना सोमबारदेखि सञ्चालनमा आएको हो । किसानको खेतबारीमा सहज सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले धनुषाको नकटाझिजस्थित कृषि विकास आयोजनाले २०५३ सालमा सिँचाइ आयोजना निर्माण गरेको थियो ।

कृषि विकास आयोजनाले त्यसबेला सिँचाइ आयोजना सञ्चालन गर्न पक्की कुलो, डिप ट्युबवेल र विद्युत् जडानसमेत गरिसकेको थियो ।

यस आयोजनाबाट यहाँका करिब ५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । कृषि विकास आयोजना नकटाझिजका इन्जिनियर मनोजकुमार चौधरीले अलपत्र अवस्थामा रहेको यो सिँचाइ आयोजना स्थानीयवासीको सहयोगमा सञ्चालनमा ल्याउन सफल भएको बताए ।

गोरखापत्र दैनिकमा खबर छ ।