Mon Jul 4 2022
मुख्य खबर

तीन ठाउँमा सौर्य मिनी ग्रेड निर्माण हुने

विद्युतीकरण नभएका जाजरकोटका तीन ठाउँमा सौर्य मिनी ग्रेड निर्माण गरिने भएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ९० प्रतिशत अनुदान र १० प्रतिशत प्रदेश सरकार र स्थानीयवासीकोे साझेदारीमा सौर्य मिनी ग्रेड निर्माण गरिने भएको हो ।

जुनीचाँदे गाउँपालिका–७ मा ३५ किलोवाटको जुनी सौर्य मिनी ग्रेड, कुशे–७ मा १६० किलोवाटको कुशे ठाँटीकोट सौर्य मिनी ग्रेड र नलगाड नगरपालिका–८ मा १८ किलोवाटको नलगाड मङ्सिरी सौर्य मिनी ग्रेड निर्माण हुने भएको हो ।

यसअघि बारेकोट गाउँपालिका–५ मा १७० किलोवाटको सौर्य मिनी ग्रेड निर्माणको काम भइरहेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक डा. लक्ष्मणप्रसाद घिमिरेले १६ करोड ८९ लाख ५२ हजार रुपियाँको लागतमा निर्माण हुने सौर्य मिनी ग्रेडमध्ये १० प्रतिशत प्रदेश र स्थानीय तहले साझेदारी गर्ने बताए ।

गोरखापत्र दैनिकमा खबर छ ।