Thu May 26 2022
देश

सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य हुँदैन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिनु भएको छ ।

अध्यक्ष नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र उनीहरुमाथि अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलार्ई लिएर जिल्ला जिल्लामा हुने गरेको रिर्पोट आएको उल्लेख गर्दै सैह्य नहुने बताउनु भएको हो ।

मंगलबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी)सँग नेकपा (गौरवशाली) पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताउनु भयो ।

उहाँले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको र आम नेपाली जनताले पनि आफ्नो पार्टीलाई आशाको नजरले हेर्ने गरेको बताउनु भयो । अध्यक्ष नेपालले पार्टीको पक्षमा जनलहर ल्याउने गरी चुनावको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । उहाँले भन्नु भयो, ‘चुनावमा हामी पाँच दल मिलेर जाने सोच बनाएका छौं ।

आज पनि हाम्रो त्यसै शिलशिलामा वार्ता भईरहेको छ । महानगरपालिकाका कसरी सिटको तालमेल मिलाउने, उपमहानगरपालिकामा कसरी सिटको तालमेल मिलाउने, अनि सबै पालिका र वडाहरुमा सिटको तालमेल कसरी मिलाउने ? अहिले विभिन्न पार्टीमा मानिसहरु उम्मेदवार बन्नका लागि तानातान गरिरहेका छन । चुनावमा पराजित हुने स्थितिमा भएकाहरुले पनि जति सहमति हुन्छ, त्यही सहमतीको आधारमा हामी जानेछौं । हामीले सहमती गरिसकेका छौं पाँच दल बाहेक अन्य दलहरुसँग सहमती नगर्ने । पाँच दल भित्र नै गर्ने । जतिमा सहमती भएको छ । सहमतीको आधारमा । सहमती हुन सकेन भने मित्रतापूर्ण प्रतिस्पर्धाको आधारमा जाने भन्ने पनि हामीले टुंगो लगाएका छौं ।

अध्यक्ष नेपालले भन्नुभयो – ‘यस सन्दर्भमा आज पनि हामी फेरी छलफल गर्छौं । जिल्लाजिल्लामा हामीेले सुनिरहेका छौं–कतिपय ठाउँमा सहमती गर्दै हुनुहुन्छ । कतिपय ठाउँमा गाहे छ । सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै अर्को शक्तिको अवमूल्यन गर्दै अनि अपमानपूर्ण ढंगले व्यवहार पनि गर्दै चल्नु भएको छ भन्ने रिर्पोट पनि आईरहेको छ । हामी अपमान सहनका लागि जन्मेका होईनौं । अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेका हौं । हामीलाई आफ्नो शक्ति र सामथ्र्यमा विश्वास छ । र, हामीले आफ्नो शक्तिको अति मूल्यांकन पनि गर्नु हुँदैन । तर सात महिनाको अवधिमा हामीले जसरी जिल्लाजिल्लामा, पालिकापालिकामा गएका छौ, वडावडामा गएका छौं । र यस बीचमा पनि पार्टीमा प्रवेश गर्ने जुन लहर आएको छ । मेचीदेखि महाकालीसम्म । त्यो लहरले पनि के बताउँछ भने यो पार्टीको भविष्य छ । र जनताले ठूलो आशाका साथ हामीलाई हेरिरहेका छन ।’

अध्यक्ष नेपालले निर्वाचनमा आफ्नो पार्टीको चिन्ह कलम भएको र यसको प्रचारप्रसारमा जोड दिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो ।