जोडिनुहोस
  • होमपेज
  • ४ महिनामा ४ खर्ब ७७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

४ महिनामा ४ खर्ब ७७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज बिहीवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा साउन, भदौ, असोज र कात्तिकमा रेमिट्यान्स आप्रवाह २४ दशमलव छ प्रतिशतले बढेर चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । गएको आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स २० दशमलव चार प्रतिशतले बढेको थियो ।

यस्तै अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २३ दशमलव एक प्रतिशतले बढेर तीन अर्ब ६० करोड पुगेको छ ।अघिल्लो वर्ष अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १० दशमलव आठ प्रतिशतले बढेको थियो ।

चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या एक लाख ३७ हजार चार सय ७५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ६८ हजार आठ सय ४१ जना रहेको छ । अघिल्लो वर्षको यही अवधिमा अन्तिम स्वीकृति लिनेको सङ्ख्या एक लाख ९६ हजार सात सय ३५ र पुनः श्रम स्वीकृति लिनेको सङ्खया ८७ हजार चार सय २८ जना रहेको थियो ।

चार महिनामा खुद ट्रान्सफर २४ दशमलव नौ प्रतिशतले बढेर पाँच खर्ब २१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा खुद ट्रान्सफर २० दशमलव दुई प्रतिशतले बढेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका