Mon May 16 2022
Breaking News

एमालेको सचिवालय बैठक आज बस्दै, स्थानीय चुनावको तयारीका विषयमा छलफल गरिने

काठमाडौ‌ । स्थानीय चुनावको तयारीका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।

बिहिबार बस्ने बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारको विषयमा छलफल हुने जनाइएको छ । बिहिबारको बैठकमा विशेषगरि उम्मेदवारको मापदण्डमा केन्द्रित हुने बुझिएको छ। सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुनेछ ।