Thu May 19 2022
मुख्य खबर

ओली भन्छन्,- ‘सूर्य चिन्ह कब्जा गर्न खोज्नेहरुको थुतुनो जल्यो’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सूर्य चिन्ह कब्जा गर्न खोज्नेहरुको थुतुनो जलिरहेको बताएका छन् ।

बिहीबार एमालेको केन्द्रीय सल्लाहकार परिषद्को बैठकमा बोल्दै उनले हनुमानको उदाहरण दिदै हनुमानले सूर्य निल्छु भन्दा आफ्नो मुख जलेको बताउदै हनुमानले जस्तै विपक्षीहरुले एमालेको सूर्य सिध्याउँछौ भनेर खान खोज्दा उनीहरुकै थुतुनो जलिरहेको बताए ।

ओलीले एक वर्षअघि विपक्षीहरूले भयंकर षड्यन्त्र गरेर पार्टी र सूर्य कब्जा गर्न खोजेको तर आफुले पार्टी जोगाएँको बताए ।
यस्तै उनले कांग्रेस पनि गठबन्धनसँगै सकिने बाटोमा लागेको उल्लेख गर्दै भीरमा लड्न खोजिरहेका भैंसीको पुच्छर समातेर सँगै लड्ने बाटोमा हिडिरहेको बताए ।