Mon May 23 2022
मुख्य खबर

ओलीको टिप्पणी : ‘कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ’

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको उद्देश्य नै एमाले सिध्याउने रहेको टिप्पणी गरेका छन् ।

एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले गठबन्धनको एकमात्र उद्देश्य एमाले सिध्याउनेबाहेक देश बनाउने नरहेको बताएका हुन्।

त्यस्तै ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन् । ‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो,’ ओलीले भने, ‘कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ । कोही हाप्सिलोजस्ता छन् । कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ । हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ । योभन्दा अलच्छिन के हुन्छ ?’

गठबन्धनसँगै कांग्रेस पनि सकिने ओलीको दाबी छ ।