Mon May 23 2022
मुख्य खबर

आम जनताको आकांक्षा र भावनालाई राप्रपाले मात्र समेट्न सक्ने लिङ्गदेनको दावी

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले आफ्नो पार्टी भ्रष्टाचारमुक्त देश बनाउने अभियानमा दृढताका साथ अघि बढेको बताउनु भएको छ ।
अध्यक्ष लिङ्गदेनले भ्रष्टाचार र अनियमिता मुलुकका प्रमुख दुश्मन भएकाले देश बनाउनका लागि यसको निराकरण पहिलो आवश्यक्ता भएको बताउनु भएको हो ।

आज बुटवलमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले मुलुकको स्वाभिमान र राष्ट्रियता बचाउन आफ्नो पार्टीले बिभिन्न योजना र कार्यक्रमहरु अघि सारेको बताउनु भयो ।

आम जनताको आकांक्षा र भावनालाई समेट्न राप्रपाले मात्र सक्ने दावी गर्दै हिन्दु राष्ट्र नेपाल कायम गर्ने र संबैधानिक राजतन्त्र स्थापना आफ्नो मुल लक्ष्य भएको बताउनु भयो ।

मुलुक र जनताको समृद्धि हासिलका लागि सुशासन र पारदर्शिता कायम गर्नु पहिलो दायित्व भएको उल्लेख गर्दै अध्यक्ष लिङ्गदेनले आफ्नो पार्टीले शिक्षा, स्वास्थ्य, रोजगार, कृषिमा आत्मनिर्भर लगायतका समृद्धिका आधारहरुको बिकास र प्रबद्र्धनमा जोड दिने बताउनुभयो ।