Wed May 18 2022
Breaking News

च्यासलको एमाले केन्द्रीय कार्यालय आजदेखि सञ्चालनमा आउने

नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सञ्‍चालन आजदेखि ललितपुरको च्यासलमा सुरु हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो ।

‘अध्यक्ष केपी शर्मा ओलीले आज १ बजे औपचारिक रुपमा उद्घा‍टन गरेपछि एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन हुनेछ,’ एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने । उनका अनुसार सोही अवसरमा एमालेले स्थानीय तह निर्वाचनसबन्धी प्रतिवद्धतापत्र पनि सार्वजनिक गर्नेछ ।

गत २०७२ को महाभूकम्प पछि बल्खुबाट धुम्वाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सरेको एमाले केन्द्रीय कार्यालय एक वर्ष अघि थापाथलीमा सरेको थियो ।

थापाथलीस्थित भवन साँघुरो भएपछि एमाले केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय कार्यालय च्यासलमा सार्ने निर्णय गरेसँगै आज औपचारिक उद्घा‍टन हुने भएको हो।