जोडिनुहोस
  • होमपेज
  • भारत र ओमान बीच आर्थिक अपराध विरुद्धको सम्झौतामा हस्ताक्षर

भारत र ओमान बीच आर्थिक अपराध विरुद्धको सम्झौतामा हस्ताक्षर

भारत र ओमान बीच आर्थिक अपराध विरुद्धको सम्झौतामा हस्ताक्षर भएको छ । ओमानका सुल्तान हैथम बिन तारिक अलको राजकीय भ्रमणका क्रममा शनिबार भारत र ओमानले संस्कृति, सूचना प्रविधि (आईटी) र वित्तीय अपराध विरुद्ध लड्ने विभिन्न क्षेत्रमा पारस्परिक सहयोगका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

भारत भ्रमणमा रहेका सुल्तानले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु भएको छ । उक्त भेटमा दुई नेताबीच आपसी हितका विषयमा छलफल भएको बताइएको छ । द्विपक्षीय वार्तापछि दुई नेताहरू बीच विभिन्न १० वटा क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको छ ।

दुवै पक्षले ओमान-भारत संयुक्त लगानी कोषको ३०० मिलियन अमेरिकी डलरको तेस्रो किस्ताको घोषणा गरेका छन् । सो कोष भारतीय अर्थतन्त्रको द्रुत बृद्धि हुने क्षेत्रहरूमा लगानीलाई अगाडि बढाउन प्रयोग गरिनेछ। ओमानका सुल्तान तारिक शुक्रबार दिल्ली पुग्नु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका