Wed May 18 2022
मुख्य खबर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबारसम्मका लागि सरेको छ ।

यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भनिएकोमा विशेष कारणवश शनिबार दिउँसो ११ बजेसम्मका लागि सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणका बारेमा छलफल हुने बताइएको छ । बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई अनुरोध गरेको छ ।