Thu May 19 2022
मनोरञ्जन

वर्षाले आशिषसँग कसिन लगनगाँठो

काठमाडौँ– नायिका वर्षा सिवाकोटी आज वैवाहिक जीवनमा बाँधिएकी छिन् ।

बिहीबार मात्र विवाह बन्धनमा बाँधिएकी अभिनेत्री केकी अधिकारीको शैलीमै वर्षाले पनि विवाहलाई गोप्य राखेकी छिन् । बुझिए अनुसार वैवाहिक समारोहमा करिब डेढ सय आफन्त र परिवारका सदस्य मात्र उपस्थित छन् ।

वर्षाले अमेरिकामा रहँदै आएका आशिष गेलालसँगल लगनगाँठो कसेकी हुन् । वर्षाको यो मागी विवाह हो । परिवारले आशिषसँग बिहेको कुरा अगाडि बढाएपछि केही हप्ता अगाडि वर्षा अमेरिका गएकी थिइन् । अमेरिकाबाट फर्किएलगत्तै उनी वैवाहिक जीवनमा बाँधिने निर्णय गरेकी हुन् ।

वर्षाको विवाह एक भिल्लामा भइरहेको छ । वैवाहिक समारोहलाई गोप्य राख्न वर्षाले निक्कै प्रयास गरेकी छिन् । वर्षाका जीवनसाथी आशिष इन्जिनियर हुन् । उनको घर नेपालमा बालुवाटारमा रहेको बताइएको छ ।

परिवारका एक मात्र छोरा आशिषले अमेरिकामा ह्यान्डसम पारिश्रमिकमा काम गरिरहेका छन् । आशिष मोडलद्वय प्रिज्मा र प्रिन्सी खतिवडाका आफन्त समेत हुन् । यसैले, बिहेमा प्रिज्मा र प्रिन्सी समेत उपस्थित छन् ।