Sat May 21 2022
मुख्य खबर

लोसपाले गर्‍यो काठमाडौँको मेयरको उम्मेदवारका लागि नाम सिफारिस

काठमाडौँ– स्थानीय निर्वाचनमा उम्मेदवारी दिने समय नजिकिँदै गर्दा दलहरुले आफ्नो उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् ।

यसैक्रममा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० को प्रदेश कमिटीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार सिफारिस गरेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा दानिन्द्र जोशी र उपमेयरमा शारदा देवी मगरको नाम सिफारिस भएको लोसपा बाग्मती प्रदेश अध्यक्ष करण श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार काठमाडौँ महानगरपालिका अन्तर्गतको ७, ११, १३, २०, २१ र ३१ सँगै बुढानीलकण्ठ नगरपालिका अन्तर्गत ८ र ११ तथा चन्द्रागिरि नगरपालिका अन्तर्गत १५ नम्बर वडाको पनि वडा अध्यक्ष नाम सिफारिस गरिएको छ ।

यस्तै ,चौरी देउराली गाउँपालिका अन्तर्गत वडा नम्बर ८ मा पनि वडा अध्यक्ष सहित सदस्यहरूको समेत नामावली सिफारिस गरिएको छ । सिफारिस गरिएका नामहरुबाट छिटै नै टिकेट दिएर उम्मेदवारी घोषणा हुनेछ’ प्रदेश अध्यक्ष श्रेष्ठले बताए ।