Sat May 21 2022
मुख्य खबर

रेड पाण्डाको जस्तो देखिने छालासहित २ जना पक्राउ

काठमाडौं – रेड पाण्डाको जस्तो देखिने छालासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा मेलुङ गा.पा.४ भेड्पु स्थायी घर भएको लालकाजी गोलेको छोरा बर्ष–२९ को तुलसाङ दोर्जे गोलेर काभ्रे पाँचखाल न.पा.२ स्थायी घर भएको अमर बहादुर श्रेष्ठको छोरा बर्ष–३८ को राम कुमार श्रेष्ठ रहेका छन् ।

दरवारमार्ग इलाकामा केहि ब्यक्तिहरुले अति दुर्लभ वन्य जन्तु रेड पाण्डाको छाला अवैध रुपमा सञ्चय गरी बिक्री वितरणको लागि ओसार पसार गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरी नायव उपरीक्षकसहितको प्रहरी टोली यहाँ पुगेको थियो ।

८ गते का.जि.का.म.न.पा. १ जमल सेतोढोकास्थित होटल मिर्चिबाट उनीहरुलाई रेड पाण्डाको जस्तो देखिने छाला थान १ सहित प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुमाथि वन्य जन्तु ऐन अन्तर्गत थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि बरामद दशीसहित श्री डिभिजन वन कार्यालय हात्तिसार लगिएको छ ।