जोडिनुहोस
  • होमपेज
  • काम गरौँ, चुनावको चिन्ता नगरौँः महामन्त्री शर्मा

काम गरौँ, चुनावको चिन्ता नगरौँः महामन्त्री शर्मा

बागलुङ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन सुझाव दिएका छन् ।

प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ‘मिसन ८४’ भन्दा ‘भिजन ९५’ मा लाग्न आग्रह गरे ।

उनले चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम गर्न सकिन्छ भनी विकासको खाका तयार गर्न लाग्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपालमा भूकम्पपछि घर पुनर्निर्माण गर्नुभन्दा घर भत्कनै नदिने योजना चाहियो, तत्कालै सम्भव नहोला तर १५ वर्षभित्र नेपाल एउटा चरणमा पुग्ने गरी योजना बनाऔँ ।’

सो अवसरमा महामन्त्री शर्माले आगामी फागुन ७ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा अहिलेको सरकारको कामका विषयमा गम्भीर छलफल हुने बताए ।

‘अहिले भइरहेको सरकारको काम सुस्त भएको छ, सरकारमा नेपाली कांग्रेस पनि छ, शर्माले भने, ‘सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुको कामको समीक्षा गर्नेछौँ, आगामी फागुनसम्म सरकारको कामले गति नलिए गम्भीर समीक्षा गर्न बाध्य हुनेछौँ ।’

उनले चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन आवश्यक रहेको धारणा राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका