Mon May 23 2022
देश

काँग्रेसको घोषणापत्र आज सार्वजनिक हुँदै

काठमाडौं । नेपाली काँग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । काँग्रेसले स्थानीय निकाय निर्वाचन एजेण्डास्वरुप घोषणापत्र सार्वजनिक गर्ने भएको हो । यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन देशभर हुँदैछ ।

काँग्रेसले जनाए अनुसार आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

घोषणापत्र तयार गर्ने नेतृत्व काँग्रेसले महामन्त्री गगन थापालाई दिइएको थियो । उक्त घोषणापत्र आज लोकतन्त्र दिवसको अवसरमा सार्वजनिक हुन लागेको हो ।