काठमाडौँ– अधिकांश स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएपनि नेकपा एमालेले भोलि मात्रै उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ।
निर्वाचन आयोगले वैशाख ३० गते हुन लागेको ७ सय ५३ स्थानीय तहका लागि आज र भोलि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकेको छ।
पाँच दलीय गठबन्धनमा विवाद देखिएकोले एमालेले भोलि मात्र उम्मेदवारी दिन लागेको एमालेका एक उच्च नेताले जानकारी दिए।
केही स्थानमा गठबन्धनभित्र विवाद देखिएकोले असन्तुष्ट व्यक्तिहरुलाई पार्टी प्रवेश गराएर उम्मेदवारी दिन भोलिसम्मको समय कुर्न लागेको उनले बताए।
केही जिल्लाका स्थानीय तह बाँडफाँटमा गठबन्धनभित्र विवाद भएपछि पार्टी छोड्ने क्रम बढेको छ।
एमालेले आज दिनभरको गठबन्धनको मुभ हेरेर बल्ल भोलि उम्मेदारी दर्ता गराउन लागेको हो।