काठमाडौँ– साझा उम्मेदवारबारे टुंगो लगाउन सकस भइरहेको सत्ता गठबन्धनले अधिकांश स्थानमा उम्मेदवारी दर्ता भोलि मात्रै गर्ने भएको छ ।
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि मनोनयन दर्ताको लागि समय तोकेको छ ।
एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले गठबन्धनको तर्फबाट अधिकांश स्थानमा उम्मेदवारी दर्ता भोलि मात्रै हुने बताए ।
माओवादी केन्द्रका नेता देव गुरुङले पनि नमिलेको ठाउँमा वार्ता गरेर टुंग्याउनुपर्ने भएकाले मिलेको ठाउँमा बोहक धेरै ठाउँमा भोलि नै उम्मेदवारी दर्ता हुने बताए । आजै टुंग्याउने प्रयास हुने र आज नटुंगिएको ठाउँमा उम्मेदवारी दर्ता गरेर पनि मिलाउन प्रयास हुने उनको भनाइ छ ।
सीमित जिल्लाहरुमा सत्ता गठबन्धनबीच तालमेल गरेर जाने सहमति भए पनि धेरै ठाउँमा मिल्न सकेको छैन ।
सत्तारुढ नेपाली कांग्रेसले नै अधिकांश महानगरका मेयररउपमेयर तथा उपमहानगरका मेयररउपमेयरका उम्मेदवार टुंग्याउन सकेको छैन । यसबारे निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।