Sun May 22 2022
मुख्य खबर

काँडाघारीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

काठमाडौँ– काठमाडौंको काँडाघारीमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

बा ५० प ९९३६ नम्बरको मोटरसाइकल आज बिहान साढे पाँच बजे बिजुलीको पोलमा ठोक्किएको हो ।

दुर्घटनामा ओखलढुंगाको सुनकोशी गाउँपालिका ६ का अन्दाजी ३२ वर्षीय कमल आलेमगर र २२ वर्षीय गोपाल आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जनाको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान सवा ६ बजे मृत्यु भएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।