जोडिनुहोस
  • होमपेज
  • अमेरिकी राष्ट्रपति बाइडेनको गाडीमा कार ठोक्कियो

अमेरिकी राष्ट्रपति बाइडेनको गाडीमा कार ठोक्कियो

काठमाडौैं । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी श्रीमती सवार गाडीमा एउटा कारले ठक्कर दिएको छ । आइतबार अमेरिकाको डेलावेयरमा बाइडेन आफ्नी पत्नी जिल बाइडेनसँग एक कार्यक्रमबाट फर्कदै गर्दा उनको सवारीमा एउटा कार आएर ठोक्किएको थियो । तर, दुर्घटनामा राष्ट्रपति र प्रथम महिला घाइते भने भएनन् ।

तुरुन्तै बाइडेनका अंगरक्षकले दुवैलाई उद्धार गरी कारमा घटनास्थलबाट टाढा पठाएको थियो। अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार अनुसार राष्ट्रपति बाइडेनलाई ठक्कर दिने कार सिल्भर रंगको सेडान थियो।

बाइडेनको गाडीलाई ठक्कर दिने चालकलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गरेका थिए । दुवै सवारीसाधन बाइडेनबाट ४० मिटरको दूरीमा ठोक्किएका हुन् । बाइडेन र उनकी पत्नी अभियानका लागि डेलावेयर गएका थिए।

दुवैले एउटा रेस्टुरेन्टमा खाना खाएका थिए । रेस्टुरेन्टमा केही पत्रकारले बाइडेनलाई प्रश्न सोधिरहेका बेला कार दुर्घटनाको आवाज सुनिएको थियो। यो सुनेपछि गोप्य सेवा सक्रिय भयो । लगत्तै राष्ट्रपतिको उद्धार गरिएको जानकारी गराइएको थियो ।

अमेरिकी राष्ट्रपतिलाई विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रपति मानिन्छ, तर उसको सुरक्षाको विषयमा निर्णय लिने काम गुप्तचर निकायको हो । राष्ट्रपतिले चाहेमा पनि उनलाई एक्लै छोड्दैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका