Fri May 27 2022
मुख्य खबर

मालपोत अधिकृत लेखा पनेरु घूससहित पक्राउ

जिल्ला मालपोत कार्यालय ताप्लेजुङका अधिकृत लेखा पनेरु घूस रकमसहित पक्राउ परेकी छन् ।
ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख घुससहित पक्राउ परेकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत पनेरुलाई एक लाख ५० हजार घुससहित पक्राउगरेको हो । उनले सेवाग्राहीसँग जग्गा नामसारी गर्न घुस लिएको आरोपमा पक्राउ परेको जनाइएको छ। उनी यसै वर्ष मात्र प्रवल जनसेवा श्री चतुर्थबाट पुरस्कृत भएकी थिइन् ।