Wed May 18 2022
Breaking News

गठबन्धन हुन बाँकी रहेको जिल्लामा चुनावी तालमेलको कोसिस गर्ने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनले मनोनयन दर्ता गर्नु अघिसम्म गठबन्धन हुन बाँकी रहेको जिल्लामा चुनावी तालमेल गर्ने कोसिस गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साझँ बसेको सत्ता गठबन्धनको बैठकले सम्भव भएसँग गठबन्धन हुन बाँकी रहेको जिल्लामा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो।

महानगर र उपमाहानगरपालिकामा चुनावी तालमेल गरेको सत्ता गठबन्धनबीच अधिकांश स्थानीय तहमा भने चुनावी गठबन्धन बन्न सकेको छैन् ।नेकपा माओबादि केन्द्रका अध्यक्ष पुष्प कमल दाहालका स्वकीय सचिव रमेश मल्लले उम्मेदवारी दर्ता गर्नु अघिसम्म पनि सिट बाँडफाँडमा सहमति गरेर चुनावी तालमेल गर्ने विषयमा सहमति भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आज पाँचै पार्टीका शीर्ष नेताहरूबीच बैठक बसेर बाँकी रहेका ठाउँमा गठबन्धन गर्ने समझदारी बनेको छ ।