Mon May 16 2022
मुख्य खबर

कालिकोटमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु

कालिकोट – कालिकोटको खाँडाचक्र नगरपालिका–८ मा सोमबार ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको महावु गाउँपालिका–६ घर भएका हिक्मत दर्लामी मगरका १८ महिनाका छोरा धर्मराज रहेका छन् ।

जुम्लादेखि दैलेख तर्फ आउँदै गरेको ना ७ ख १०१८ नम्बरको ट्रकले आज बिहान पौने १० बजे बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले नियन्त्रणमा लिएको छ ।