Tue May 17 2022
मुख्य खबर

ललितपुर महानगरको प्रमुखमा चिरिबाबुको मनोनयन दर्ता

काठमाडौं – ललितपुर महानगरमा सत्ता गठबन्धनको तर्फबाट चिरिबाबु महर्जनले मेयरका लागि मनोनयन दर्ता गराएका छन् । केहीबेर अघि मात्र महर्जनको पार्टी नेपाली कांग्रेसले उनलाई टिकट दिएपछि उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

ललितपुरमा निर्वाचन गठबन्धनको तर्फबाट प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)ले टिकट बाँडफाँट गरेको थियो । महर्जन २०७४ सालको स्थानीय तह निर्वाचनबाट मेयरमा विजयी भएका थिए ।

ललितपुरमा सोमबार ३८ जनाको मनोनयन दर्ता, एमालेबाट व्यञ्जनकारको उम्मेदवारी
ललितपुर महानगरपालिकामा ३८ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको दोस्रो दिन हालसम्म ३८ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए ।

सोमबार मंगोल नेशनलबाट महानगरको मेयरमा राम महर्जनले नगर प्रमुख पदमा उमेदवारी दर्ता गराएका छन् । यता, एमालेबाट हरिकृष्ण व्यञ्जनकारले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएको शिवाकोटीले जानकारी दिए ।

यस्तै उपप्रमुखतर्फ एमालेबाट मञ्जली शाक्य (बज्राचार्य) को मनोनयन दर्ता हुँदा मंगोल नेशनल अर्गनाइजेशनबाट खेमप्रसाद श्रेष्ठ र स्वतन्त्र उम्मेदवार सुविनकुमार शाक्यले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि आइतबार १०४ जनाको मनोनयन दर्ता भएको शिवकोटीले जानकारी दिए ।