जोडिनुहोस
  • होमपेज
  • सभापति देउवाद्वारा मेहताको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा मेहताको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीका पार्टी नेता लालीप्रसाद मेहताको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेस सुनसरीका नेता एवं देवानगञ्ज गाउँपालिकाका निवर्तमान अध्यक्ष मेहताको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

सभापति देउवाले स्व मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका मेहताको ७८ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय मेहताले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका