Mon May 16 2022
मुख्य खबर

पोखरा महानागरपालिकामा गठबन्धनबाट मेयर र उपमेयरको उम्मेदवारी, को – को ?

काठमाडौं – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ ।

सोमबार गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले उम्मेदवारी दर्ता गरेका हुन् ।

यसअघि सत्ता गठबन्धनको बैठकमा पोखरा महानागरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय भएको थियो । सोही अनुसार समाजवादीका धनराज आचार्यले आज उम्मेदवारी दर्ता गरेका हुन् ।