काठमाडौं – स्थानीय तहको निर्वाचनको लागि सुर्खेतको वीरेन्दनगरको प्रमुखमा नेकपा एमालेबाट मोहनमाया ढकालले उम्मेदवारी दिएकी छिन् ।
ढकालले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर वीरेन्दनगरको प्रमुखमा उम्मेदवारी दिएका हुन् ।
यस्तै एमालेबाटै उपप्रमुखमा निलकण्ठ खनालले उम्मेदवारी दिएका छन् । ढकाल र खनालको उम्मेदवारी दर्ता गर्न नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेल पनि पुगेका थिए ।