Sat May 21 2022
मुख्य खबर

नेपालमा थप २१ जनामा कोरोना संक्रमण

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४२ जनाको पीसीआर परीक्षण र १ हजार १३३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्। सोमबार १७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर २७१ जना सक्रिय संक्रमित रहेका छन्।